साताको छैटौँ दिन सुनको मूल्य घट्यो

Bythetruekhabar

५ पुष २०८१, शुक्रबार ०५:२२ ५ पुष २०८१, शुक्रबार ०५:२२ ५ पुष २०८१, शुक्रबार ०५:२२ #एक लाख, #चाँदी, #सुन, #सुन–चाँदी, #सुनचाँदी व्यवसायी महासंघ

साताको छैटौँ दिन शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५०० रुपैयाँले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य ५०० रुपैयाँले घटेर एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १७६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २७ हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५०९ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *