जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

Bythetruekhabar

५ पुष २०८१, शुक्रबार ०५:२४ ५ पुष २०८१, शुक्रबार ०५:२४ ५ पुष २०८१, शुक्रबार ०५:२४ #Janakpur, #suspected murder

जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित दुर्गा मन्दिर परिसरमा अन्दाजी ६० वर्षीय वृद्धको बिहीबार राति शव भेटिएको प्रहरीले जनाएको छ। टाउकोमा इट्टा प्रहार भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ। मागेर खाने र राति मन्दिर छेउमै सुत्ने गरेको पाइएको छ।

उनी सुत्ने ठाउँमै उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्रहरीले कुकुरसहित टोली परिचालन गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *