क्लब हाउसमा प्रहरी अधिकृतका फोटो दुरूपयोग गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

Byadmin

८ असार २०७८, मंगलवार ०८:४७ ८ असार २०७८, मंगलवार ०८:४७ ८ असार २०७८, मंगलवार ०८:४७

क्लब हाउसमा प्रहरी अधिकृतहरूको तस्बिर राखेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरूपयोग गरी नक्कली प्रोफाइल बनाउने व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।

भक्तपुरस्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ६ खरिबोटका २० वर्षीय ईसान लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई सोमबार पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। अदालतबाट सात दिन म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *