निजगढ युवा सन्जालद्वारा हाम्रो मामाघरलाई सहयोग

Byadmin

१२ असार २०७८, शनिबार १४:२८ १२ असार २०७८, शनिबार १४:२८ १२ असार २०७८, शनिबार १४:२८

निजगढ युवा संजाल द्वारा निजगढ १० लाल स्थित हाम्रो मामाघर बाल आश्रमलाई खाध्यान्न लगायत खेल्कुद सामाग्री सहयोग गरिएको छ। कोभिड १९ विरुद्धको जनचेतनामुलक कार्यक्रम र कोभिड हेल्पलाइन अभियान चलाउदै आइरहेको निजगढ युवा संजालले हाम्रो मामाघर मा संरक्षित बालबालिकाहरुलाइ सहयोग गरेको हो ।

सहयोग स्वरुप संजालले फुटबल २ थान, लुडो २ थान, चाउचाउ २ कार्टुन, विस्कुट २ पाकेट, मास्क २ पाकेट र चिउरा ३ के.जि सहयोग गरेको छ । संजालको तर्फ बाट संयोजक श्याम साह, सुभास तिमल्सिना, मलिक खनाल, अतीत मैनाली लगायतको उपस्थितिमा मामाघर संस्थाका सचिव अमृत अधिकारी लाई सामाग्री हस्तान्तरण गरिएको थियो।

हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव अधिकारीले सहयोगको लागि संजाल लाई धन्यवाद ब्यक्त गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *