बगायो निर्ममाणाधिन मकवानपुरको सामरी खोलाको पुल

Bythetruekhabar

१८ असार २०७८, शुक्रबार ०६:०५ १८ असार २०७८, शुक्रबार ०६:०५ १८ असार २०७८, शुक्रबार ०६:०५

मकवानपुरगढी गाउँपालिकाको सामरी खोलामा निर्माणाधिन पुल गएराती सामरी खोलाले बगाएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण हुँदै गरेको पुल गएराती बाढीले बगाएको हो । भारी बर्षातका कारण मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र वडा नम्बर–३ जोड्नका लागि सामरी खोलामा निर्माणधिन पुल खोलाले बगाएको हो । पुल विगत ५ बर्षदेखि ठेकेदारको लापरबाहीका कारण निमार्णको काम अगाडि बढ्न सकेको थिएन ।

पुलको ठेकेदारले समयमा काम पूरा नगर्दा यस क्षेत्रका स्थानीयहरुले लामो समयदेखि सास्ती खेप्नु परिरहेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्र्तगत जिल्ला विकास समिति मकवानपुरले नागार्जुन शकंर माली जेबी ठेकेदार कम्पनीलाई झण्डै पाँच करोड ३७ लाख ९२ हजारको लागतमा निमार्ण गर्न ठेक्का दिएको उक्त पुलमा यतिबेला ३ वटा पिल्लर निर्माण गरेको र केहि समय देखि भने फर्माहरु प्रयोग गरि ढलानको तयारीमा रहेको पुल फर्मा सहित बगाएको छ ।

२०७४ साल चैतसम्ममा पुल निमार्णको कार्य सकिनुपर्ने भएतापनि अहिलेसम्म पुलको पिल्लर राख्ने बाहेक अरु कुनै काम भएको थिएन एक स्थानीयले भने । । सम्झौता अवधि सकिएको ४ वर्ष भइसकेको छ । २०७३ सालदेखि निमार्ण शुरु भएको उक्त पुलमा २०७८ सालको असारको आधाआधि सम्ममा पनि त्यही ३ वटा पिल्लर र केही अन्य माक बाहेक केहि नगरेको स्थानीयहरु बताउछन् । खेतीपाती लगाउन र उत्पासदित तरकारी र दुध विक्रीका लागि ५ नम्बर आउनुपर्ने पुल छैन् खोला तर्न सकिदैन् त्यही एउटा तुइन छ त्यसको भरमा वारीपारी गरिरहेको भन्दै-एक स्थानीयले गुनासो पोखे । खोलामा बाढी आएको बेला होस् या ठुलो खोला आएको बेला होस हामीलाई निकै कठिन रहेको ३ नम्बर बासीहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *