फिलिपिन्समा विमान दुर्घटनामा १७ को मृत्यु, ४० जना घाइते

Bythetruekhabar

२० असार २०७८, आईतवार ०७:३४ २० असार २०७८, आईतवार ०७:३४ २० असार २०७८, आईतवार ०७:३४ #crash, #philippines, #philippines plane crash, #plane crash in philippines

असि जना सैनिक बोकेका एक सैन्य विमान आइतबार फिलिपिन्समा दुर्घटनाग्रस्त भएको छ । विमान कागायन डी ओरो सहरबाट उडान भएको थियो । सेना प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताए अनुसार सी-१३० विमानमा आगो लागेको थियो । यस दुर्घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि सवार ४० जनालाई उद्धार गरिएको त्यहाँको प्रशासनले जनाएको छ। उनीहरूलाई उपचारको लागि  अस्पतालमा भर्ना गरिएको छ ।

दुर्घटनाको समयमा, विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न खोजिरहेको थियो। सोबेजानाले भने कि राहत र उद्धार टोलीहरू घटनास्थल पुगेका छन् । विमानमा सवार धेरै जसो सैनिकहरूले भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएका थिए । यी व्यक्तिहरूलाई आतङ्कवादी गतिविधिहरू भइरहेका टापुहरूमा खटाइनु पर्ने थियो । फिलिपिन्सको यी टापुहरूमा मुस्लिम जनसङ्ख्या बहुमतमा छ । यहाँ कसैलाई फिरौतीको लागि अपहरण गर्नु सामान्य कुरा बनेको छ । त्यसैले त्यहाँ धेरै सङ्ख्यामा सिपाहीहरू राज्यद्वारा खटाइएका हुन्छन् । यो क्षेत्र दक्षिणी फिलिपिन्समा पर्दछ । अबु सयाफ नामको आतङ्कवादी सङ्गठन त्यहाँ सक्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *