साना तथा सिमान्तकृत कृषकहरु माझ बित्तिय पहुँच पुर्याउने उदेश्यका साथ अाज एक समारोहका बीच किसान कार्ड वितरण कार्य शुरुवात गरिएको हो ।
नेपाल बंगलादेश बैंक लि. मकवानपुरगढी शाखाका प्रबन्धक श्री बद्रि बिक्रम थापा ज्यूको सभाध्यक्षता, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष श्री बिदुर हुमागाई ज्यूको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष श्री भागवत घिमिरे ज्यूको विशेष अातिथ्यता रहेको कार्यक्रममा मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि का अध्यक्ष श्री अर्जुन प्रसाद दाहाल र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको आथिथ्यता रहेको थियो ।
मकपाापुरगढी गाउँपालिकाका अध्यक्ष एवम् प्रमुख अतिथि बिदुर हुमागाई र विशेष अतिथि ३ नं का वडाध्यक्ष श्री भागवत घिमिरे ज्यूले किसानहरुलाई कार्ड वितरण गर्नुभएको हो । यस कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड मार्फत प्रति किसान दुई लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराईएको हो ।
नेपाल बंगलादेश बैंक लि., आर.एण्ड डि.ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षिय सम्झौता बमोजिम किसान कार्ड वितरण गरिएको हो ।
अगामी दिनमा थप कृषबहरुलाई समेट्दै बित्तिय पहुँच पुर्याई कृषि तथा पशुपालन क्षेत्रमा थप व्यवसायिक बन्ने अपेक्षा गरिएको छ ।