नेकपा एमाले केपी ओली समुहका बिद्यार्थी संगठनले हेटौंडाको बुद्धचोकमा बिरोध प्रदर्शन गरेका छन् । बुद्धचोकमा भेला भएका विभिन्न संगठनका नेता तथा कार्यकर्ताले ‘केपी ओली आइ लब यु’, ‘प्रतिगामी फैसला मुर्दाबाद’, ‘निर्दलीय व्यवस्था चाहिदैन’, ‘लोकतन्त्र मास्न पाइदैन’ जस्ता नारा लगाएर प्रदर्शन गरेका हुन् ।
संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछी ओली पक्षका नेता, कार्यकर्ता सडकमा उत्रिएका हुन् । ‘सर्वोच्च अदालतको असंबैधानिक फैसालाको बिरोध कार्यक्रम’ को ब्यानरसहित सोमबार ओली पक्षका नेता कार्यकर्ताहरुले माक्स लगाएरै प्रदर्शन गरेका छन् ।