प्रधानमन्त्री कार्यालयको अकाउन्ट भेरिफिकेसन र फलोअर्स उड्यो !

Bythetruekhabar

१ श्रावण २०७८, शुक्रबार १३:२० १ श्रावण २०७८, शुक्रबार १३:२० १ श्रावण २०७८, शुक्रबार १३:२० #twitter

प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीको सचिवालयले सञ्चालन गर्दै आएको ट्विटर अकाउन्ट @pm_nepal को फलोअरसँगै भेरिफिकेसन उडेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएका ट्विटहरू अर्काइभ गर्ने क्रममा भएको गल्तीले फलोअरसँगै भेरिफिकेसन गुमेको हो ।

प्रधानमन्त्री कार्यालयका उपसचिव मनिष भट्टराईले ट्विट अर्काइभ गर्ने काम भएको बताए । ‘अघिल्लो प्रधानमन्त्रीले गरेका ट्विटहरूलाई अर्काइभ गर्ने र नयाँ प्रधानमन्त्रीका लागि अकाउन्ट मिलाउन हामीले अकाउन्टको नाम आर्काइभ गरेका हौं’, भट्टराईले भने, ‘हामीले त्यसलाई अर्काइभ भनेर नाम परिवर्तन गर्‍यौं ।’ उनले ट्विटर अकाउन्ट केहीसमय अगाडि प्राप्त भएको बताए । साथै भेरिफिकेसन उडेको विषयमा अनविज्ञता प्रकट गरे ।

कार्यालय र सचिवालयले सञ्चालन गर्ने अकाउन्टको ह्याण्डल परिवर्तन गरेर @pm_nepal_kpoli बनाइएको छ । उक्त अकाउन्टको नाम प्रधानमन्त्री कार्यालय अर्काइभ राखिएको छ । उक्त ह्याण्डलमा अहिले ६ लाख ४७ हजार फलोअर छन् । तर प्रधानमन्त्री कार्यालयको ह्याण्डल @pm_nepal मा यो समाचार तयार पार्दा सम्म १ सय फलोअर पुगेका छैनन् । ‘हामी नयाँ प्रधानमन्त्रीका लागि मिलाउन खोज्दैछौं । पुरानो अकाउन्टको डेटा डिलिट नगरि हिस्ट्री राख्न सल्लाह भइराखेको छ’, भट्टराईले भने ।

ट्विटर अकाउन्ट प्रयोगकर्तालाई ट्विटरले डेटाहरू डाउनलोड र आर्काइभ गर्ने सुविधा दिने गरेको छ । तर मन्त्रालयले डेटा अर्काइभ गर्नुको साटो अकाउन्ट नै अर्काइभ गरिदिएपछि प्रधानमन्त्री कार्यालयले जनतासँग प्रत्यक्ष रुपमा सूचना प्रवाहका लागि प्रयोग गर्ने गरेको ट्विटर ह्याण्डल नै गुमेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सचिवालय बनाएका छैनन् । त्यसैले @pm_nepal अकाउन्ट कसले र कसरी प्रयोग गर्ने भन्ने टुङ्गो छैन । अहिलेसम्म प्रधानमन्त्री देउवाले @deubasherbdr अकाउन्टबाट सूचनाहरु सार्वजनिक गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *