युवा संघका कार्यकर्ताले गरे माधव नेपालविरुद्ध प्रदर्शन

Bythetruekhabar

४ श्रावण २०७८, सोमबार १२:२७ ४ श्रावण २०७८, सोमबार १२:२७ ४ श्रावण २०७८, सोमबार १२:२७ #madhav kumar nepal, #madhav nepal, #nepal, #Slogans and demonstrations, #Slogans and demonstrations against madhav nepal

नेकपा एमालको युवा संगठन युवा संघ नेपालका कार्यकर्ताले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् । सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए । सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो । युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाहसंस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *