जापान पठाइदिने भन्दै ठग्ने ४ जना पक्राउ

Bythetruekhabar

४ श्रावण २०७८, सोमबार १२:३२ ४ श्रावण २०७८, सोमबार १२:३२ ४ श्रावण २०७८, सोमबार १२:३२ #Crime

जापान पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको आरोपमा तीन महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक खाता खोली आफूलाई जापानको इमिग्रेसनमको आधिकारीका रुपमा चिनाइ विभिन्न व्यक्तिहरुसँग रकम उठाएर ठगी गर्ने कार्यमा संलग्न मकवानपुरकी शुभद्रा परियादइलामकी पूजा राई, भक्तपुरकी दीपिका केसी र सिन्धुपाल्चोकका राजेन्द्र ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

फेसबुकमार्फत पीडितलाई सम्पर्क गरेर उनीहरुले वर्किङ भिसाको प्रक्रियाका लागि रकम पठाउनुपर्छ भन्दै विभिन्न बैंकको खातामा ३९ लाख ६८ हजार ९९६ रुपैयाँ डिपोजिट गर्न लगाएको खुल्न आएको महाशाखाले जानकारी दिएकाे छ । तर रकम पाएपछि सम्पर्कबिहीन भएपछि पीडितहरु महाशाखामा उजुरी बोकेर पुगेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *