प्रवासी नेपाली बिध्यार्थी संगठन अस्ट्रेलियाले आफ़नो न्यु साउथ वेल्स राज्य कमिटि थप बिस्तार गरेको छ । न्यू साउथ वेल्स राज्यका लागी महावाणिज्य दूत दीपक खड़काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले राज्य समन्वय संयोजकमा सागर भूर्तेल, महिला संयोजकमा चन्द्र गिरि, सचिवमा मिलन घिमिरे, क़ोषाध्यक्ष प्रवेश भुल र आईटि संयोजकमा आभास सापकोटा साथै खेल संयोजकमा माधव बोहोरालाई चयन गरेको हो ।
बैठकबाट न्यू साउथ वेल्स राज्य कमिटिका सदस्यहरु समेत चयन गरिएको छ । जस अन्तर्गत सन्तोष यादव, गुणराज कंडेल, उज्वल घिमिरे, संगम घर्ति मगर, अर्चना श्रेष्ठ, निश्चल ढकाल, पूजा गौतम, करिश्मा कार्की, सुजन ढकाल र प्रकाश सापकोटा चयन भएका छन् ।
करिब ४० जनाको सहभागितामा भएको भरचुयल जुम माध्यमबाट संचालित कार्यक्रममा ८ ओटै राज्यबाट बिध्यार्थीहरू लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बैठकमा एनआरएनए अस्ट्रेलियाकाे प्रतिनिधित्व जनाउदै उपाध्यक्ष देब गुरुँग, प्रवक्ता नन्दा गुरुँग साथै तीर्थ कार्किको उपस्थिति रहेको थियो । त्यसैगरी, बैठकमा नेपाली समाज अस्ट्रेलियाका महासचिब संतोस आचार्य, एनपीएल अस्ट्रेलियाका अध्यक्ष निराजन गाउलि, डा. रितेश चिमोरिया, अनिल पौडेल लगायतको उपस्थिति रहेको थियो ।
न्यु साउथ वेल्स राज्य कमिटिमा चयन हुनुभएका सम्पूर्णलाइ ‘The True Khabar’ परिवारकाे तर्फबाट सफल कार्यकालकाे शुभ-कामना !