पब जी अन्तर्राष्ट्रिय शोडाउन सीजन १ आयोजना हुदै, नि:शुल्क भाग लिन सकिने

Bythetruekhabar

५ श्रावण २०७८, मंगलवार १९:५८ ५ श्रावण २०७८, मंगलवार १९:५८ ५ श्रावण २०७८, मंगलवार १९:५८

कन्डेल कन्सल्टन्सीको प्रस्तुतिमा “पब जी अन्तर्राष्ट्रिय शोडाउन सीजन १” (Pubg Mobile “International ShowDown” season 1) आयोजना हुने भएको छ । उक्त कार्यक्रम द रोयल इभेन्ट्स एण्ड इण्टरटेन्मेंटले आयोजना गरेको छ । अन्तर्राष्ट्रिय शोडाउन अगस्ट ६ मा हुनेछ । रजिस्ट्रेसन जुलाई २४ मा खुला गरिने छ ।

यस कार्यक्रममा ईच्छुक नेपाली नागरिकमात्र नभई नेपाली मूलका विदेशी वा विदेशी नागरिक जोकोहीले पनि जुलाई २४ गतेबाट खुला गरिने रजिस्ट्रेशन दर्ता गरेर सहभागिता जनाउन सक्नेछन् । अन्तर्राष्ट्रिय टोली आमन्त्रित यस शोडाउनले नि: शुल्क रेजिष्ट्रेसनको व्यबस्थासमेत गरेको छ । कार्यक्रमका बिजेतालाई पुरस्कार स्वरुप १०००अस्ट्रेलियन डलर प्रदान गरिने छ । भने प्रथम रनर अपलाई ५००, द्वितीय रनर अपलाई २०० र Top Fragger लाई १०० अष्ट्रेलियन डलर को पुरष्कारको व्यवस्था गरिएको छ ।

संचालन हुने यस कार्यक्रमलाई विनर्स सर्कल मिडिया र नेप्लेस् को विशेष सहयोग रहोको छ।  त्यसैगरी मिडिया पार्टनरमा The True Khabar सॅग सहकार्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *