सरकारले कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आगमन व्यवस्थित गर्न ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी आदेश–२०७८’ जारी गरेको छ । उक्त आदेश तत्काल लागू हुने पर्यटन विभागले बताएको छ ।
जसअनुसार नेपाल सरकारले उडान खुल्ला गरेका वायुसेवालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस आदेशमा उल्लेख भएका व्यवस्थाको पूर्ण पालना गर्ने शर्तमा मात्र अन्तर्राष्ट्रिय उडान अनुमति दिनुपर्ने आदेशमा उल्लेख छ । यो आदेश प्रारम्भ हुनु अघि उडान अनुमति दिइसकेका उडानका हकमा समेत त्यस्तो शर्त अनिवार्य रूपमा लागू गर्नुपर्ने भनिएको छ ।
यस्ताे छ, ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापन सम्बन्धी आदेश–२०७८’