मेलम्ची नगरपालिका वडा नं ११ स्थायी घर भई हाल अस्ट्रेलियामा रहेका देवराज दुलालको सक्रियतामा संकलित रकम प्रभावितहरुलाई हस्तान्तरण गरिएको छ ।

एनआरएनए अस्ट्रेलिया सिड्नी, भिजन फर मोटिभेसन, विनर्स सरकल, अस्पाली ग्रुप तथा नेपालीहरुबाट दुई लाख ७५ हजार संकलन गरी पठाइएको वितरणमा सहजीकरण गर्नुहुने चुडामणि दुलालले जानकारी दिनुभयो ।

राहत संकलन संयोजक देवराज दुलालले यस राहत संकलन कार्यमा सुरू देखिनै सहयोग गर्नुहुने विनर्स सरकलका संयोजक रोसन खतिवडालाई पनि विशेष धन्यवाद व्यक्त गरेका छन् ।

एनआरएनएबाट नगरको राहत कोषमा यसअघि नै जम्मा गरिएको ८५ हजार र आज ५० हजार गरी एक लाख ३५ हजार प्रदान गरिएको छ भने बजार व्यवस्थापन समितिलाई ५० हजार र रेडियो मेलम्चीलाई २० हजार प्रदान गरिएको छ ।

सोमबार मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई चुडामणि दुलाल र योगप्रसाद दुलालले सहयोग राशिको चेक हस्तान्तरण गर्नुभयो । प्रमुख अर्यालले सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले सहयोग ग्रहण गर्दै रेडियोप्रति सद्भाव राख्ने सबैप्रति आभार प्रकट गर्नुभयो ।
बाँकी रकम घर पूर्ण क्षति भएकालाई प्रदान गरिने पनि वितरण संयोजन गरिरहनुभएका चुडामणि दुलालले जानकारी दिनुभएको छ।

केहि महिना अघि The True Khabar ले पनि सहयोग जुटाउन विशेष आह्वहान गरेको थियो र उक्त कामले सार्थकता पाएसॅगै यस The True Khabar टिम लाई अघि बढ्ने हौसला मिलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *