माओवादीले गर्यो प्रदेश १ को नेताहरुको कार्यविभाजन, कसलाई कहाँको जिम्मेवारी?

Bythetruekhabar

२१ भाद्र २०७८, सोमबार १८:४३ २१ भाद्र २०७८, सोमबार १८:४३ २१ भाद्र २०७८, सोमबार १८:४३ #Maoist, #maoist party, #politics, #politics nepal

आइतवार सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ समितिले जिल्ला सम्मेलनसम्मलाई नेताहरुको कार्यविभाजन गरेको छ । प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह-इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो ।

माओवादी प्रदेश १ को बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सह-इन्चार्ज र होमबहादुर जबेगुलाई संयोजक बनाएको छ । ताप्लेजुङ्ग संयोजक विजयप्रकाश बनेम भएका छन् । इलाममा हर्कबहादुर लावती सह-इन्चार्ज र टीका घिमिरे सहसंयोजक भएका छन् । सोममाया राई जिल्ला संयोजक बनेकी छन् । झापा जिल्ला सहइन्चार्जको जिम्मेवारी झलकसिं दर्लामीलाई दिइएको छ । झापा संयोजकको जिम्मेवारी मनिकुमार राईले पाएका छन् ।

मोरङमा प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा सहइन्चार्ज र गणेश उप्रेती जिल्ला संयोजक भएका छन् । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिवकुमार डाँगी सहइन्चार्ज बनेका छन् । जिल्ला समन्वय समिति संयोजकमा योगेन्द्रप्रसाद मण्डल छन् । धनकुटा सहइन्चार्ज धनमाया विक बनेकी छन् । ऋषिराम ढुंगाना संयोजक भएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सह-इन्चार्ज बनेका छन् । संयोजकमा कृष्ण जिमी याक्खालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, भोजपुर जिल्ला सहसंयोजकमा दिलकुमार राई र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेल भएका छन् । खोटाङ सहइन्चार्जमा ध्रुव बुढाथोकी भएका छन् भने संयोजकमा देवन चाम्लिङ्ग राई चयन भएका छन् । ओखलढुंगामा प्रदेशसभा सदस्य मोहनकुमार खड्का संयोजक बनेका छन् । उदयपुरमा तीनजना सहइन्चार्ज तोकिएका छन् । भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराती सह-इन्चार्ज बनेका छन् । विनोद कटुवाललाई जिल्ला संयोजक बनाइएको छ । यस्तै माओवादी केन्द्रले बिराटनगर महानगरपालिको सह-इन्चार्जमा हेमबहादुर कार्कीलाईजिम्मेवारी दिएको छ भने भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिव बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *