मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु, १८ जना घाइते

Bythetruekhabar

२६ आश्विन २०७८, मंगलवार १०:०६ २६ आश्विन २०७८, मंगलवार १०:०६ २६ आश्विन २०७८, मंगलवार १०:०६ #accident, #bus accident, #mugu accident, #road accident

मुगुमा बस  दूर्घटना हुँदा २३ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । मंगलवार दिउँसो करीब साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दूर्घटना भएको हो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस सडकबाट २०० मिटर तल खसेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेहरूलाई दूर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको जानकारी दिइएको छ । उक्त गाडीमा ३९ जना सवार रहेको बताइएको छ । दूर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *