मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २४ पुग्यो, हेलिकप्टरबाट घाइतेको उद्धार गरिँदै

Bythetruekhabar

२६ आश्विन २०७८, मंगलवार १०:१९ २६ आश्विन २०७८, मंगलवार १०:१९ २६ आश्विन २०७८, मंगलवार १०:१९ #mugu accident, #mugu update

(अपडेट) मुगुको भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । २३ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे हाे ।

कुल २४ जनाको ज्यान गएको र १८ जना घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेत हुँदै सुविधा सम्पन्न अस्पताल लैजानका लागि हेलिकप्टर आएको छ । अरुको मुगुकै अस्पतालमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली अहिले घटनास्थलमा रहेका छन् । नेपालगञ्जबाट मुगुको गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस सडकबाट अन्दाजी साढे दुई सयमिटर तल खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *