विनर्स सर्कल मिडिया प्रा. लि. ले ‘लेडिज स्पेशलको दोस्रो संस्करण’ आयोजना गरेको छ । नोभेम्बर २७ (शनिबार) संचालन हुन गईरहेको उक्त कार्यक्रम ‘रेस्ट फंक्शन सेन्टर‘, मेरील्याण्ड्समा बेलुकी सात बजेबाट सुरु हुनेछ ।
यो सिड्नीका केही शक्तिशाली र सफल महिलाहरूद्वारा मनोरञ्जन, खेल र प्रेरक भाषणहरूले भरिएको नेटवर्किङ कार्यक्रम हो । रात्रिभोजका साथै मादक र गैर-अल्कोहल पेय पदार्थहरू प्रदान गरिने यस कार्यक्रममा गायन र नृत्य प्रदर्शन एवं प्रतिष्ठित अतिथिहरूबाट प्रेरणादायी भाषण पनि हुनेछ । त्यस्तै आयोजाद्वारा उत्कृष्ट पोशाक पुरस्कारको व्यवस्था समेत गरिएको छ ।
प्रमुख प्रायोजकमा प्रिमो एजुकेशन एण्ड भिजा सर्भिसेज, गोल्ड प्रायोजकमा केआईईसी ग्लोबल, सिल्भर प्रायोजकमा एडभान्स कलेज रहेको यस कार्यक्रमको सह आयोजकमा होक इन्साईट रहेको छ । सपोटर्सतर्फ औस्पाली जब्स एण्ड इन्टरटेन्मेन्ट, कलर्स अफ नेपाल, औस्ल्याण्ड गोर्खास, विनर्स सर्कल-भिआईसि र विनर्स सर्कल-टिएएस, रियलस्टेट पार्टनरतर्फ रेस्ट रियल इस्टेट, फोटोग्राफीतर्फ क्यानडिड फोटोग्राफी, एस्ट्रोलोजीतर्फ भेदिक एस्ट्रोलोजी, रेमिट पार्टनरमा नेपाल पैसा साथै मिडिया पार्टनरतर्फ लण्डन नेपाल समाचार, द ट्रु खबर र नेपाल रिपोर्ट रहेका छन् ।
नयाँ व्यक्तिहरूलाई भेट्न, नयाँ साथीहरू बनाउन, सफल उद्यमीहरूबाट सिक्न इच्छुक महिलाहरुले फारम भर्न यहाँ क्लिक गर्नुहोस्।