मुगु बस दुर्घटनाको कारण ‘टायर पञ्चर’

Bythetruekhabar

२७ आश्विन २०७८, बुधबार १२:२९ २७ आश्विन २०७८, बुधबार १२:२९ २७ आश्विन २०७८, बुधबार १२:२९ #mugu accident, #mugu accident update, #samaj

मंगलबार मुगुको छायानाथ रारा नगरपालिका–७ पिना गाउँको तपनेखोलामा भे–१ ख ३१६७ बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाए । उनीहरूमध्ये २४ जनाको घटनास्थलमै, चारजनाको अस्पताल लैजाने क्रममा र चार जनाको उपचारका क्रममा मृत्यु भएको भएको हो । ४६ जना यात्रु सवार बस तीनसय मिटर तल खसेको थियो । जसमा १३ जना घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतकाअनुसार बसको टायर पन्चर हुँदा दुर्घटना भएको प्राविधिक अध्यनले देखाएको छ । ‘‘बसको टायर पञ्चर हुँदा बस दुर्घटना देखिएको छ । सिट क्षमता भन्दा बढी यात्रु बोकेर आएको रहेछ । बस दुर्घटना हुँदा टुक्राटुक्रा भयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, स्थानीय निकाय सबै लागेर उद्धार भयो,” उनले भने । उनकाअनुसार मृत्यु भएका सबै ३२ जनाको सनाखत भइसकेको छ । घाइते भएकामध्ये १२ जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । सामान्य घाइते छायानाथ रारा नगरपालिका–३ की ६ वर्षीया भूमिका खड्का भने जिल्ला अस्पाताल मुगुमै उपचार गरेर घर फर्किसकेकी छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालकाअनुसार १३ जना घाइतेमध्ये भूमिकासहित चारजना डिस्चार्ज भइसकेका छन । अन्य ९ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचाररत ९ जनामध्ये ७ जनाको अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *