लैनो भैंसी पालन गरि दूध उत्पादन गर्ने किसानलाई अनुदान उपलब्ध

ByTHE TRUE KHABAR

१ पुष २०७८, बिहीबार ०३:५० १ पुष २०७८, बिहीबार ०३:५० १ पुष २०७८, बिहीबार ०३:५०
  • लैनो भैंसी पालन गरि दूध उत्पादन गर्ने किसानलाई पाल्पाको तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले किसानहरूलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । ब्यबसाहिक रुपमा आत्मनिर्भर बनाउन किसाहरुलाई अनुदान उपलब्ध गराइएको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जानकारी दिनुभयो । लैनो भैंसी पालिरहेका किसानहरुलाई यो सुविधा पाउन थप एउटा लैनो भैंसी पालन गरि दुईवटा पुर्‍याउनु पर्नेछ । किसानलाई ब्यबसाहिक बनाउने र पशुपालनका माध्यमबाट ग्रामीण क्षत्रमा बसि प्रसस्त आम्दानि बिकासको निम्ति अनुदान प्रदान गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताउनुभयो । तानसेन नगरपालिका ग्रामीण अार्थिक सङ र हेफरा परियोजनाको सहयोग भैंसी पालन क्षत्रमा सहयोग गरिएको हो।चालु आर्थिक बर्ष ७८/८९ मा नगरपालिका भित्रका किसानलाई सय लैनो भैंसी थप गर्ने योजना छ। सोही अनुसार ६९ लैनो भैंसी थप गर्ने किसानलाई रु २९ लाख अनुदान वितरण गरिएको हो ।तानसेन नगरपालिकाको चौबन वारि , पदमटारी र बन्दिपोखरा क्षत्रमा ब्यबसाहिक रुपमा दूध उत्पादन गर्न भैंसी पालनलाई प्रोत्साहन गरिएको साझेदारी संस्था ग्रामीण अार्थिक बिकास सङका कार्यकारी निर्देशक लिला बहादुर कार्कीले जानकारी दिनुभयो । तानसेन नगरपालिका ७ र १३ नम्बर वडामा लैनो भैंसी पालनलाई अनुदान वितरण गर्ने योजना रहेको छ। यो कार्यक्रममा सहभागी हुने किसानलाई घाँस तथा प्राबिधिक सहयोग गराइरहेका छ । किसानले उत्पादित दूध बजारसम्म पुर्‍याउन चाहिने सामान सहयोग गर्ने योजना रहेको निर्देशक कार्कीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *