गुल्मीमा ट्रकसँग स्कार्पियो ठोकिँदा ३ जना घाइते

ByTHE TRUE KHABAR

१ पुष २०७८, बिहीबार ०५:०५ १ पुष २०७८, बिहीबार ०५:०५ १ पुष २०७८, बिहीबार ०५:०५
  1. गुल्मीको छत्रकोट गाउँपालिका ४ श्रिङ्गामा रोकि राखेको ट्रकसँग स्करपियो ठोकिँदा ३ जना घाइते भएका छन् । बिहीबार बिहान ७:३० बजेको समयमा तम्घास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ३९६० नम्बरको स्कारपियो श्रिङ्गामा रोकिराखेको लु २ ख ४४२७ नम्बरको ट्रकसँग ठोकिँदा तीनजना सामान्य घाइते भएका हुन् । घाइते हुनेहरूमा रेसुङ्गा नगरपालिका ९ का ४७ बर्षिय पुरन नेपाली उनकै श्रीमती ४४ बर्षिय चन्द्रि कुमारी नेपाली र रेसुङ्गा नगरपालिका १३ का मिठु बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ । उनिहरुलाई श्रिङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *