स्याङ्जाको भिरकोट नगरपालिका बाट भरुवा बन्दुक र चौध केजी गाँजा सहित एकजना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने भिरकोट नगरपालिका ७ खिलिम बस्ने ४५ बर्षिय डोलबहादुर रोका रहेको जिल्ला प्रहरी प्रवक्ता एवम् सुचना अधिकारी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रवक्ता अधिकारीको अनुसार रोकालाई सोमबार दिउसो ३ बजे जिल्ला प्रहरी कार्यलय स्याङ्जा बाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले भिरकोट नगरपालिका ७ खिलकुम बाट पक्राउ गरेको हो । पक्राउ परेका रोकाको साथबाट प्रहरीले चौध केजी सुकेको अवैध गाँजा एकनाले भरुवा बन्दुक एक थान सहि भरुवा बन्दुकमा प्रयोग हुने फलामको बेरिङ १० थान सिसाको छर्रा १७ थान बारुद ३ ग्राम केव ३ थान बरामद गरेको जनाएको छ । उहाँलाई लागू अौषध गाँजा सम्बन्धि र हातहतियार कसुर सम्बन्धि मुद्दा दर्ता गरी सोमबार जिल्ला अदालत बाट ७ दिनको म्याद थप अनुमति जारी राखी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।