गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। बिहीबार साँझ ६ बजे बिरबास देखि भैरहवातर्फ जाँदै गरेको लु १७ प ५२१७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाइकल चालक गुल्मीदरबार गाउँपालिका बस्ने वर्ष ३० का पदम ढेगा मगर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा पौने सात बजे श्रृङ्गा स्वास्थ्य चौकीमा मृत्यु भएको हो ।