रोल्पाको होलेरी स्थित एक होटलमा साथी बास बसेका मध्य ३ जनालाई रडले हानेर घाइते बनाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।रोल्पा प्रहरीले ३ जना साथीलाई घाइते बनाउने रोल्पा रुन्तेगढि ९ सखिका ४६ वर्षिका टेकबहादुर वलीलाई बुधबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार होलेरी स्थित आफूसँगै मङ्गलबार बास बसेका ३ जना माथि कुटपिट गरेका थिए । एउटै कोठामा बसेका रुन्टेगढि ७ का भिमबहादुर थापा र ३९ वर्षिय सरोज पुन र पश्चिम रुकुम सानोभेरी ४ का ४३ वर्षिय मैतबहादुर विककलाई टेकबहादुरले रडले हानेर घाइते बनाएका थिए उनीहरूको अनुहार जिउ र टाउकोमा चोट पुगेको छ। चोटबाट उनीहरू बोल्न नसक्ने अवस्थ भएको होलेरी स्थित प्रहरी निरिक्षक जिवराज थापाले बताउनु भएको छ ।घटना पछि बेपत्ता भएका टेकबहादुरलाई प्रहरीले दाङ र रोल्पाको सिमा क्षत्र रुन्तेगडि ५ हातेखोलाबाट पक्राउ गरेको थियो । उनले घाइते मध्येका भिमबहादुर थापाको रा ४ प २५०० नम्बरको मोटरसाइकल चोरेर फ्रार भएका थिए । घटना के कारणले भएको भन्ने बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ।