सङ्घिय प्रहरी इकाई कार्यलय लुम्बिनीका प्रमुख बरिस्ठ प्रहरी उपरीक्षक सुशील यादव मृत भेटिनुभएको छ। यादव शुक्रबार बिहान अाफ्नै सरकारी निवास भित्र मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ। एआईजी विश्व राज पोख्रेल र सहकुल थापाका ब्यामेट रहनु भएका यादव ५५ बर्षे उमेर हदका कारण आउदो माघ १५ गते अवकाश पाउन लाग्नुभएको थियोे ।मृत्युको कारण बारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ।