केन्द्रीय प्रसारणको बिद्धुत लाइन बिद्धुत तारबिस्तारको क्रममा पाल्पाको निस्ती गाउँपालिकामा बिद्धुतको पोलबाट खसेर एकजना मजदुरको मृत्यु भएको छ ।हाइटेसन लाइन बिस्तारको क्रममा पोलमा चढेका नवलपरासी बर्दघाटका ३६ वर्षिय पशुपति चौधरीको खसेर मृत्यु भएको निस्ती मिस्ट्याल रुक्से भञ्ज्याङ प्रहरी चौकीका प्रमुख डेडबहादुर थापाले जानकारी दिनुभयो । निस्तीको ज्यामिरे ४ घरेमा बिजुलीको तार बिस्तार गर्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको हो। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।