गुल्मी जिल्लामा ५६ जनाको निशुल्क मोती बिन्दुको सल्यक्रिया गरिएको छ। डाक फाउन्डेसनको सहयोग तथा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको आँखा परिक्षण सिभिर बाट मोतीविन्दु गर्नका लागि छनोट भएकाहरुको निशुल्क सल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका अद्द्यक्ष शेरबहादुर थापाले आगामी दिनहरूमा पनि शिभिर जिल्लाका अन्यत्र स्थानहरुमा पनि सञ्चालन गरिने बताउनुभयो । कोभिड महामारीको कारण आफूहरुको लक्ष अनुसार शिभिर संचालन गर्न नसकिएको थापाले बताउनुभयो । जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीमा ९ र १० गते आयोजना गरिएको निशुल्क आँखा शिभिरमा झण्डै २०० भन्दा बढीले आँखा उपचार गराएका नेत्र अधिकृत सुर्य बस्नेतले जानकारी दिनुभयो । सोही शिभिरबाट छनौट भएका ५६ जनाको निशुल्क मोती बिन्दुको निशुल्क सल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । सल्यक्रियाको लागि रणअम्बिका आँखा अस्पताल केन्द्र भैरहवाका हाल परासी आँखाका अस्पताल सर्जन डाक्टर सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको समुहलृ मोती बिन्दुको सल्यक्रिया गरेको हो।नेत्र अधिकृत बस्नेतका अनुसार यस अघिका सल्यक्रियाका लागि सम्पूर्ण जनशक्ति बाहिरबाट ल्याउनु परथ्यो तर अहिले एकजना मात्र सर्जन डाक्टर बाहिरबाट अाउनुभएको र बाँकी जिल्ला उपचार केन्द्रका जनशक्ति सहितको समुहले सल्यक्रिया गरेको हो । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा अहिले आफ्नै अत्याधुनिक ए स्क्यान मेसिन रहेको छ। यसबाट मोती बिन्दुको सल्यक्रिया पछि आँखा भित्र राख्ने लेन्सको पावर मापन गरिन्छ । यसले उपचारमा सहजता प्रदान गरेको समेत बस्नेतले जानकारी दिनुभयो । मोती बिन्दुको सल्यक्रियाको लागि अन्य जनशक्ति जिल्लामै भएपनि मुख्य सर्जन डाक्टर नहुदा भने बाहिरबाट बोलाउनु पर्छ । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा आँखाको ९० प्रतिशत सम्म उपचार हुन्छ ।जिल्लामा दैनिक माइनर सल्यक्रिया र मासिक मोती बिन्दुको नेचर सल्यक्रिया गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर ३ वटा उपसाखा चलाइरहेको छ । उक्त उपसाखा बाट स्थानीय स्थरमा पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुदै आएको नेत्र अधिकृत बस्नेतले जानकारी दिनुभयो । हाल सदरमुकाम बाहिर सिमलटारी आँखा उपचार केन्द्र मालिका गाउँपालिका ८ यस्तै सान्तिपुर आँखा उपचार केन्द्र चन्द्रकोट गाउँपालिका र कृष्ण हरी आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामिटक्सार बाट यसले सेवा पुर्याउँदै आएको छ । जिल्लामा ५६ जनाको निशुल्क मोती बिन्दुको सल्यक्रिया गरिएको छ। डाक फाउन्डेसनको सहयोग तथा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीको आयोजनामा जिल्लाका विभिन्न स्थानमा संचालन गरिएको आँखा परिक्षण सिभिर बाट मोतीविन्दु गर्नका लागि छनोट भएकाहरुको निशुल्क सल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका अद्द्यक्ष शेरबहादुर थापाले आगामी दिनहरूमा पनि शिभिर जिल्लाका अन्यत्र स्थानहरुमा पनि सञ्चालन गरिने बताउनुभयो । कोभिड महामारीको कारण आफूहरुको लक्ष अनुसार शिभिर संचालन गर्न नसकिएको थापाले बताउनुभयो । जिल्ला आँखा उपचार केन्द्र तम्घास गुल्मीमा ९ र १० गते आयोजना गरिएको निशुल्क आँखा शिभिरमा झण्डै २०० भन्दा बढीले आँखा उपचार गराएका नेत्र अधिकृत सुर्य बस्नेतले जानकारी दिनुभयो । सोही शिभिरबाट छनौट भएका ५६ जनाको निशुल्क मोती बिन्दुको निशुल्क सल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । सल्यक्रियाको लागि रणअम्बिका आँखा अस्पताल केन्द्र भैरहवाका हाल परासी आँखाका अस्पताल सर्जन डाक्टर सविता ढकाल तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको समुहलृ मोती बिन्दुको सल्यक्रिया गरेको हो।नेत्र अधिकृत बस्नेतका अनुसार यस अघिका सल्यक्रियाका लागि सम्पूर्ण जनशक्ति बाहिरबाट ल्याउनु परथ्यो तर अहिले एकजना मात्र सर्जन डाक्टर बाहिरबाट अाउनुभएको र बाँकी जिल्ला उपचार केन्द्रका जनशक्ति सहितको समुहले सल्यक्रिया गरेको हो । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा अहिले आफ्नै अत्याधुनिक ए स्क्यान मेसिन रहेको छ। यसबाट मोती बिन्दुको सल्यक्रिया पछि आँखा भित्र राख्ने लेन्सको पावर मापन गरिन्छ । यसले उपचारमा सहजता प्रदान गरेको समेत बस्नेतले जानकारी दिनुभयो । मोती बिन्दुको सल्यक्रियाको लागि अन्य जनशक्ति जिल्लामै भएपनि मुख्य सर्जन डाक्टर नहुदा भने बाहिरबाट बोलाउनु पर्छ । जिल्ला आँखा उपचार केन्द्र तम्घासमा आँखाको ९० प्रतिशत सम्म उपचार हुन्छ ।जिल्लामा दैनिक माइनर सल्यक्रिया र मासिक मोती बिन्दुको नेचर सल्यक्रिया गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो । आँखा उपचार केन्द्रले सदरमुकाम बाहिर ३ वटा उपसाखा चलाइरहेको छ । उक्त उपसाखा बाट स्थानीय स्थरमा पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुदै आएको नेत्र अधिकृत बस्नेतले जानकारी दिनुभयो । हाल सदरमुकाम बाहिर सिमलटारी आँखा उपचार केन्द्र मालिका गाउँपालिका ८ यस्तै सान्तिपुर आँखा उपचार केन्द्र चन्द्रकोट गाउँपालिका र कृष्ण हरी आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामिटक्सार बाट यसले सेवा पुर्याउँदै आएको छ ।
