जिल्ला अदालत गुल्मीमा केही वर्ष यता सम्बन्ध बिछेदका मुद्दा बढेका छन् । चालू आर्थिक वर्षको ५ महिना अर्थात् गत साउनदेखि मङ्सिरसम्म सम्बन्ध बिछेदका मुद्दा मात्र १३४ वटा परेको जिल्ला अदालतका तहसिलदार रामबहादुर कुवरले बताउनुभयो । जसमध्ये ८० मुद्दाको फैसला भैसकेको छ भने ५४ मुद्दाको फैसला हुन बाँकी रहेको छ । आर्थिक वर्ष २०७७, २०७८ मा सम्बन्ध बिछेदका १८९ मुद्दा परेका थिए । तीमध्ये १५७ वटामा फैसला भएको छ । सम्बन्ध बिछेदका मुद्दा दर्ता गर्नेमा २० वर्षदेखि ३० वर्षसम्मका युवायुवती धेरै रहेका तहसिलदार कुवरले बताउनुभयो । मुलुकी सहवनितादार २०७४ ले सम्बन्ध बिछेदमा केही सहज बेवस्ता गरेका कारण मुद्दा बडेको कुवरको भनाइ छ ।