नेपालगन्ज स्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु

ByTHE TRUE KHABAR

१५ पुष २०७८, बिहीबार १०:२० १५ पुष २०७८, बिहीबार १०:२० १५ पुष २०७८, बिहीबार १०:२०

नेपालगन्ज स्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यलय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवार सदस्यको मृत्यु भएको हो। निसास्सिएर घाइते भएका ३ जनाको उपचार भइरहेको छ । मृत्यु हुनेमा कालिकोटको धनचक्राका धनप्रसाद भट्टराई उनकी आमा कोपिला भट्टराई दिदी नन्दकलि भट्टराई र नन्दकलि भट्टराईकि ३ महिनाका छोरा दिप्सन रहेका छन् । धनप्रसादकि श्रीमती कोपिला ३ वर्षिय छोरा बिवस र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बस्दै आइरहेका उनीहरू कोइला बालेर सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए। उनीहरू सुतेको कोठामा न्यानो बनाउन कोइला बालेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *