म्यादीको धौलागिरी गाउँपालिका वडा नम्बर.१ मा हिउँमा परि एकजना बेपत्ता परेका छन् अरु ३ जना अलपत्र परेका छन् । अलपत्र परेकाहरू उद्धारको पर्खाइमा छन् । धौलागिरी गाउँपालिका वडा न.१ का ५० वर्षका रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् । रामबहादुर सहित गोठमा बस्दै आएका जगदेवि छन्त्याल बुद्धि छन्त्याल र लालबहादुर विक अलपत्र परेका गाउँपालिकाका उपाध्यक्ष रेसम छन्त्यालले जानकारी दिनुभयो । बेपत्ताको खोजी तथा अलपत्र परेकाहरूको हेलिकप्टरको ब्यवस्था गर्न लागिएको उपाध्यक्ष छन्त्यालले बताउनुभयो । यस्तै सिन्धुपाल्चोक हेलम्बु क्षेत्रमा हिउँमा पसेका एसियाली बिकास बैंक एडीबीको स्थानीय प्रशासनले सकुशल उद्घार गरेको छ । एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट सकुशल उद्घार गरिएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार स्वास्थ्यमा सामान्य समस्या देखिएका ५ जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पदप्रदशक सहित अन्य १० जनालाई भने सुरक्षित राखिएको प्रहरीले जनाएको छ ।