दाङको देउखुरीमा गएराती सुतेको बेला निसास्सिएर एक जनाको मृत्युु

ByTHE TRUE KHABAR

१७ पुष २०७८, शनिबार २०:४४ १७ पुष २०७८, शनिबार २०:४४ १७ पुष २०७८, शनिबार २०:४४

दाङको देउखुरीमा गएराती सुतेको बेला निसास्सिएर एक जनाको मृत्युु भएको छ। लमही नगरपालिका वडा.९ अमेलियामा बस्दै आएका करिव २९ वर्षिय कुसुम सुनारको निसास्सिएर ज्यान गएको वडा प्रहरी कार्यलय लमहीले जनाएको छ । सुनार केही महिना यता अमेलियाको एक होटलमा खाना बनाउने काम गर्दै आएका थिए । दिनभरि होटलको काम सकेर श्रीमान श्रीमती सँगै सुतेको र श्रीमान्लाई बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेकी थिईन् । कोठामा कोइला बालेर सुतेको कारण निसास्सिएर ज्यान गएको प्रहरीले जनाएको छ ।श्रीमतीलाई अक्सिजनको मात्रा कमि भएको जस्तो देखिएकाले उपचारको लागि लमही पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *