ईटा भट्टामा पोल्न तयार पारिएको करोडौं मुल्यको काँचो ईट्टा हिउँदे वर्षाको कारण क्षति

ByTHE TRUE KHABAR

१७ पुष २०७८, शनिबार २१:२८ १७ पुष २०७८, शनिबार २१:२८ १७ पुष २०७८, शनिबार २१:२८

ईटा भट्टामा पोल्न तयार पारिएको करोडौं मुल्यको काँचो ईट्टामा हिउँदे वर्षाले क्षति पुराएको छ । करिब एक महिनादेखि मजदुर लगाएतले बनाएको काँचो ईट्टा गएको मङ्गलबार र बुधबार परेको वर्षाले नस्ट गरेपछि ईट्टा सञ्चालकहरू आर्थिक मारमा परेका छन् । दाङमा सञ्चालित ईट्टा भट्टामा पानी परेपछि काँचो ईट्टामा क्षति पुगेको हो । २ परेको पानीले तयार गरेको काँचो ईट्टा मध्य ६० प्रतिशत ईट्टा नस्ट गरेको छ । दाङ देउखुरी ईट्टा व्यबसाहिक सङ्घका अध्यक्ष रोम वलीले बताउनुभयो । भट्टीमा पोल्न राखेको करिब सोभा २ करोड काँचो ईट्टा तयार गरिएकोमा १ करोड ८० लाख ईटा क्षति भएको छ । एउटा काँचो ईट्टा तयार गर्न ४ रुपैयाँ खर्च लाग्ने गरेको उहाँको भनाइ छ । बैंक बाट रिन लिएर तयार गरिएको करोडौंको ईट्टा नस्ट हुदा व्यवसायीनै धरासाहि अवस्थामा पुग्ने गरेको जिल्ला अध्यक्ष वलीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *