बुटवलबाट मलामी बोकेर रिडि जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा मृत्यु भएका सातजना मध्ये ३ जनाको सनाखत भएको छ। बुटवल ११ बुद्धनगरका बिरबहादुर विकको शव अन्यस्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२ ७९ नम्बरको बस तानसेन रिडि सडक खण्ड अन्तरगत पाल्पाको रिब्दिकोट गाउँपालिका २ लघुवामा आज बिहान ११ बजेतिर दुर्घटना भएको थियोे । दुर्घटनामा परी मृत्यु भएका मध्य बुटवल बुद्धनगरका लालबहादुर विक पशुपति रसाइली र बिजय थापा क्षेत्रीको सनाखत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यलय बुटवलका डियस्पी मोहन खाडले जानकारी दिनुभयो । मलामी गएका उमेश कुवरका अनुसार मृतक लालबहादुरका छोरा बिरबहादुर हुनुहुन्छ । प्रहरीले भने यसबारे अझै पुष्टि हुन बाँकी रहेको बताएको छ । मृतक विक परिवार अर्घाखाँची जिल्लाको मरेङ्बाट बुटवलमा बसाइ सरेको कुवरले बताउनुभयो । सडकबाट करिब डेड सय मिटर तल खसेर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते मध्य गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको छ ।