सर्लाहीको ईश्वरपुर नगरपालिका ३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सागनाथ बाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अन्यन्त्रित भई रुखमा ठोकिएको हो । दुर्घटनामा ईश्वरपुर नगरपालिका घर भएका २२ वर्षिका अरुण सिहँ २० वर्षका श्रवम विक र २२ वर्षका रोहम सिहँको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायब उपरीक्षक माध प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । गम्भीर भएका तीनै जनालाई अस्पताल मलङ्वा पुराउदा डाक्टरले मृत घोषण गरेका थिए । मृतक तीनै जना एउटै मोटरसाइकलमा रहेको प्रहरीले जनाएको छ ।