सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पसमा खेलकुद प्रतियोगिताका विजयी प्रतियोगीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार विभिन्न खेलमा उपाधी चुमेका तथा विजयी भएका खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख अथिति नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवंम प्रदेश १ का सासद राजिव कोइरालाले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको छ । कार्यक्रममा विशिठ अतिथि सुनसरी बहुमुखी क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद घिमिरे, अथितिमा नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापती सेराज हुसैन, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष देवकुमार यादव,क्याम्पस प्रमुख इनु भट्टराई लगायतको उपस्थिती रहेको थियो । कवर्डी,दौड, व्यडमिण्टन सहितका ६ वटा खेलका विजयी प्रतियोगिलाई प्रमुख अथिति राजिव कोइरालाको पुरस्कार वितरण गर्नुहुदै इनरुवामा शिक्षा क्षेत्रको सुधारको लागि जोड दिनुभयो । वहाँले भौतिक पूर्वाधार निर्माण र शैक्षिक संस्थामा आफ्नै यातायातको ब्यवस्था हुनुपर्ने र त्यसमा आफूले पनि पहल गर्ने बताउनुभयो । कोईरालाले खेलकुदले शारिरिक, मानशिक र सामाजिक रुपमा पनि फाईदा गर्ने भएकाले खेलका विजयी प्रतियोगिलाइ बधाई तथा खेलाडीहरु शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *