गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि

ByTHE TRUE KHABAR

२१ पुष २०७८, बुधबार ०५:०८ २१ पुष २०७८, बुधबार ०५:०८ २१ पुष २०७८, बुधबार ०५:०८

गुल्मीमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ ।गत वर्ष ५ हजार २७९ मेट्रिकटन उत्पादन भएकोमा यो वर्ष ५ हजार ९३६ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो । गत वर्ष १० दशमलव मेक्ट्रिकटन प्रति हेक्टर उत्पादन भएको थियो भने यो वर्ष १ दशमलव ४५ मेक्ट्रिकटन प्रति हेक्टरका दरले बडेर ११दशमलव २० मेट्रिकटन प्रति हेक्टर उत्पादन भएको अनुमान गरिएको छ ।अार्थिक वर्ष २०७६ २०७७ मा ८५३ हेक्टर क्षत्रफलमा ५ हजार ७९ मेट्रिकटन उत्पादन भएको थियो । गत वर्ष भन्दा यो वर्ष पनि उत्पादनसिल क्षेत्रमा उत्पादन भएको छ । यस्तै सुन्तला क्षेत्रमा वृद्धि हुनुको साथै उत्पादन गर्ने क्षेत्रमा वृद्धि भएको छ ।गत वर्ष ४९१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन गर्दै आइएकोमा यो वर्ष ५३० हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको छ । चालू आर्थिक वर्षमा सुन्तला वृद्धि हुनुको कारण बगैंचा ब्यवस्थापनमा सचेत हुँदै जानु मौसमले अनुकूल हुँदै जानु र फल्ने बोटमा वृद्धि हुँदै जानु रहेको छ । अहिले ४० प्रतिशत सुन्तला बोटमै रहेपनि २ हजार ३ सय ७४ मेक्ट्रकटन सुन्तला प्रारम्भिक अनुमान गरिएको छ । जसबाट १५ करोड ४३ लाख आम्दानी हुने अनुमान गरिएको छ । कुल सुन्तला बगैंचाक‍ो ५६ प्रतिशत बोटहरु फलेका छन् । जिल्लाका प्रायःजसो सबै पालिकामा गरिन्छ । यसमा पनि सुन्तलाका लागि उपयोग मानिएका क्षेत्रहरुमा मुसिकोट नगरपालिकाको ददर्का सत्यवति गाउँपालिकाको लिम्घा भार्से र ठुललुम्पेक कालिगण्डकि गाउँपालिकाको अर्बेनी जयखानी छत्रकोट गाउँपालिकाको हुँगा श्रिङ्गा दिगाम हर्दिनेटा गुल्मिदरबार गाउँपालिकाको गौडाकोट जुगुम रेसुङ्गा नगरपालिका धुर्कोट गाउँपालिकाको पिपलधारा हाडहाडे नयाँगाउँ रजस्थल धुर्कोट बस्तु मदाने गाउँपालिकाको भनभने लगायतका ठाउँहरुमा कृषकहरूले सुन्तला खेती गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र गुल्मीले सुन्तला उत्पादनलाई व्यवसाहिकरण उत्पादनमुखि गराउन सुन्तलाका अग्रढे तथा पर्छौटे जातहरु पहिचान गरि तिनको ब्यवसाहिकरण गर्ने गुणस्तरीय सुन्तलाका बिरुवा उत्पादनका लागि नर्सरी सुधार गर्ने र सुन्तला जात फलफूल बिरुवाको गुणस्तर मापदण्ड निर्धारण गर्न कार्य गरिरहेको छ । त्यस्तैगरि जाली घर कलमे बिरुवाहरुमा उत्पादन वृद्धि गर्ने बिज रोपण बन्द गर्ने बगैंचा ब्यवस्थापनमा सुधार जस्तै मलखात सिंचाइ काटछाट गरी उत्पादनमा वृद्धि गर्ने । प्रभावकारी रुपमा रोग किरा ब्यवस्थापन गर्ने र बृहत उत्पादन क्षेत्र निर्माण गर्दै जाने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *