दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

ByTHE TRUE KHABAR

२२ पुष २०७८, बिहीबार १४:२१ २२ पुष २०७८, बिहीबार १४:२१ २२ पुष २०७८, बिहीबार १४:२१

दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पुर्व पस्सिम राजमार्गमा पुर्वबाट लमहीतर्फ आउदै गरेको स्कार्पियो बुधबार राति अनियन्त्रित भई लमही ३ स्थिति बगाईखोलाक‍ो पुलमा ठोकिँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ । घाइते हुनेमा लमही नगरपालिका २ बरुवा गाउँका २८ वर्षपय प्रदिप चौधरी , वडा न ५ को कोलहि बस्ने २५ वर्षिय विनोद चौधरी , रातो डाँडा निवासी १८ वर्षिया आकृति पाण्डे , सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार बस्ने ३७ वर्षियभानुप्रसाद गुप्ता, वडा नम्बर ६ देउपुर बस्ने वर्ष १८ कि विनिता लुहार रहेका छन् । दुर्घटना चालक प्रदिप चौधरी , विनोद चौधरी , भानुप्रसाद गुप्ता सिर्जना सुनारको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेको मुखमा र हातमा चोट लागेको छ ।घाइतेहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *