दाङमा रोकिराखेको ट्याकटरसँगअटो ठोकिँदा दङ्गिसरण गाउँपालिका ४ का ५० वर्षिय दिपक बुढाथोकीको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा अटोका चालक गम्भीर घाइते भएका छन्।तुल्सिपुरबाट हेकुली जादै गरेको रा१ ह २९ ६६ नम्बरको अटो त्यहीँ दिशातर्फ रोकिराखेकोरा १ त २८ २२ नम्बरको ट्याक्टरसँग हेकुली चोकमा दुर्घटना भएको प्रहरी कार्यलय तुल्सिपुरले जनाएको छ । दुर्घटनामा घाइते अटो चालक दङ्गपसरण ३ हेकुलीका २७ वर्षिय मनिष चौधरीको तुल्सिपुरमा उपचार भइरहेको छ । ट्याक्टर चालक फरार भएको तुलसिपुर प्रहरीले जनाएको छ ।