सिसिएमसीको निर्णयलाई लत्याउदै बाराका प्रमुख सहायक जिल्ला अधिकारी शिवराज सेढाई

ByTHE TRUE KHABAR

१ माघ २०७८, शनिबार १२:२३ १ माघ २०७८, शनिबार १२:२३ १ माघ २०७८, शनिबार १२:२३

जिल्ला प्रशासन कार्यालय बारामा (सिसिएमसी) ले गत २८ गते बैठकले निर्णय गरेको र २५ जना भन्दा बढी संख्यामा भेला नहुन प्रशासनको आदेशलाई सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईले निर्णयलाई लत्याएको छ । कोल्हबीमा आयोजना गरेको माघि महोत्सवमा सहभागि भएर जिल्ला प्रशासनले निर्णय गरेको नियमलाई आफैले मिच्चेको हो ।

कोल्हबी नगरपालिका वडा नम्बर १ मा थारु कल्याण कारिणी सभा जिल्ला कार्य समिति बाराले कारोनाको कहरमा माघि महोत्सवको नियम बिपरित आयोजना गर्दा स्विकृती नदिने जिल्ला प्रशासन कार्यालय बाराले आज सो महोत्सवमा सहभागी भएकोले नेपाल सरकार कै नियमलाई लत्याईएको हो । बिश्व भरी कोभिड १९ कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारत लगायत नेपालमा पनि तिब्र गतिमा फैलिरहँदा बारामा पनि फैलिन सक्ने हुँदा, रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सिसिएमसिसिको सिफारिस, गृह मन्त्रालयको निर्णय र सिसिएमसिको निर्णय समेतको आधारमा अर्को सुचना जारी नभए सम्म जिल्ला भरी कुनै पनि सेमिनार, गोष्ठि, महोत्सवमा २५ जना भन्दा बढिको संख्यामा सहभागी हुने कार्यक्रम नगर्न जारी गरेका आदेशलाई सहायक प्रमुख जिल्ला अधिकारी सेढाईले मिचेर महोत्सवमा उपस्थित भएको छ ।

सार्वजनिक स्थलमा कुनै प्रकारका कार्यक्रम गर्दा अत्यावश्यक नियमित कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको अनुमती लिएर मात्र गर्न सक्ने व्यबस्था भएको हुँदा माघि महोत्सवको लागि स्विकृती लिन आएको तर कार्यालयले कोभिडका कारण अनुमती नदिएको जिल्ला प्रमुख कृष्ण प्रसाद कटुवालले हिजो राती फोनमा कुरा गर्दा जानकारी दिनु भएको थियो । र सोही कार्यालयबाट आज महोत्सवमा सहभागी हुन सहायक जिल्ला प्रमुख सेढाईलाई प्रतिनिधि बनाएर पठाउँदा आफै बोक्सी र आफै झाक्री भने झै बारामा लाज मर्दो भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *