गुल्मीमा एकैदिन एकैस्थानमा ३ वटा सवारी साधन दुर्घटनामा परेका छन् ।

ByTHE TRUE KHABAR

२ माघ २०७८, आईतवार १४:२४ २ माघ २०७८, आईतवार १४:२४ २ माघ २०७८, आईतवार १४:२४

गुल्मीमा एकैदिन एकैस्थानमा ३ वटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मी दरबार गाउँपालिका ३ को गौडाकोट म्यालपोखरी स्थित तम्घास रिडि सडक अन्तर्गत देउराली स्थानमा ३ दिनमा ३ वटा सवारी दुर्घटनामा परेका हुन् । शुक्रबार ग १ ज ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियोे त्यसको भोलिपल्ट तम्घास यात्रु छोडेर पोखरा फर्कदै गरेको ग १ ज ५२८० नम्बरको त्यहीँ दुर्घटना भयो । आजपनि लु २ ख २९८१ टिप्पर त्यहीँ ठाउँमा दुर्घटनामा परेको छ ।३ दिनमा एकै ठाउँमा ३ वटा सवारीसाधन दुर्घटना भएपनि मानविय क्षति नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिनुभयो । सितले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *