रुपन्देहीको बुटवलमा एक युवक सडक किनारको खाल्डोमा मृत फेला परेका छन् । गुल्मी स्थायी घर भई हाल बुटवल बस्दै आएका शोभाखर पन्त आज बिहान मृत फेला परेका बुटवल ईलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । पन्त कलाकारी क्षत्रमा काम गर्दै आएका थिए ।उनीसँगै लु ७० प १३५३ नम्बरको मोटरसाइकल पनि दुर्घटना गरस्त अवस्थामा फेला परेको छ । बुटवलको योगिकुटीबाट पच्छिम तर्फ जाँदै गर्दा पन्त गएराती दुर्घटनामा परेर खाल्डोमा खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।उनलाई स्थानीयले देखेर स्थानीयले खाल्डोमै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यलयका प्रमुख ढगबहादुर केसीले घटनाको जानकारी भइरहेको जनाउनुभयो ।