नेपाली फिल्म क्षेत्रमा कलाकारहरुविच पारिश्रमिकको लडाई छ । को भन्दा को कम भन्दै महंगो पारिश्रमिक लिने होडबाजी नै देखिन्छ ।तर, निर्माताले फिल्म नै बनाउन नसक्ने गरि पारिश्रमिक लिने कलाकारहरुले के लगानी भने सुरक्षित गर्न सकेका छन् त ?
नेपालमा केही नायिकाहरु छन् जो महंगो पारिश्रमिकका कारण चर्चामा रहन्छन् । नायिका स्वस्तिमा खड्कालाई निर्देशक दीपेन्द्र केखनालले १८ लाख पारिश्रमिक दिएको बताएका थिए । फिल्म ‘चिसो मान्छे’का लागि स्वस्तिमाले १८ लाख पारिश्रमिक लिएकी थिइन् ।
तर, कुनै समय आफूले पारिश्रमिक लिएपछि केही नभएपनि त्यसको तीन गुणा फिर्ता गर्ने हिम्मत राख्नुपर्छ भनेर अभिव्यक्ति दिनेस्वस्तिमाको फिल्मले व्यापार कती गर्यो त ? स्वस्तिमाको फिल्मले नेपालबाट लगानी उठाएन । तर, विदेश राइट्स र डीजिटलराइट्सबाट भने निर्मात्री शर्मिला पाण्डे सुरक्षित छन् । हलबाट लगानीको ३ भागको एक भाग मात्र उठाएको यो फिल्मले स्वस्तिमाकोकरिअरलाई खासै बुष्ट गरेन । बरु, स्वस्तिमाको असफल फिल्मको श्रृङ्खला भने रोकिएको छैन ।
अब, नायिका पूजा शर्माको कुरा गरौं । नेपालकी अर्की महंगी नायिका हुन् उनी । उनले अभिनय गरेको फिल्म ‘संझना विर्सना’ यो बर्षरिलिज भयो । यो फिल्मले नेपालबाट निर्माताको हातमा मुश्किलले ५–७ लाख पार्ने वुझिएको छ । पूजालाई नै २० लाख पारिश्रमिकदिएर निर्माताले फिल्म खेलाउँदा उनलाई दिएको पारिश्रमिक पनि फिल्मले उठाउन सकेन ।
बरु, फिल्म चलेपछि पूजालाई निर्माताको आरोप, हलमा फ्यानको भिडन्त आदिले चर्चा भने पायो । स्टार नायिकालाई हेर्न २ दिन तहलमा दर्शक आउनुपर्ने हो । तर, त्यसो भएन ।अर्की महंगी नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । यी नायिकाले पनि १५–२०लाखसम्म पारिश्रमिक लिएको चर्चा सुनिन्छ । तर, यीनको फिल्मको अवस्था पनि नाजुक नै छ ।
साम्राज्ञीको अभिनयको चर्चा हुन छाडेको धेरै भैसक्यो । बरु, उनी विभिन्न कारणले विवादमा भने आउँछिन् । आज पनि उनीमाथि निर्माताको लगानी कम छैन । तर, साम्राज्ञीको फिल्मले लगानी उठाउन नसकेको पनि धेरै भैसक्यो ।
महंगो पारिश्रमिक लिने यी नायिकाहरुको इनिसियल व्यापार समेत गतिलो छैन । पूजाको ‘सम्हालिन्छ कहिले मन’ रिलिज भएको र हलबाट उत्रेको दर्शकले पत्तो पाएनन् । स्वस्तिमाले नयाँ फिल्म साइन गरेकी छैनन् । साम्राज्ञीको लाइनअप भने लामै छ । ‘तिम्रो मेरो साथ, ह्यारी कि प्यारी, लण्डन टूपेरिस’ लगायतका फिल्म उनको लाइनअपमा छन् । तर, निर्मातासँग महंगो रकम लिएर काम गर्ने यी तीन नायिकालाई दर्शक हलसम्म तान्न भने हम्मे हम्मे नै परेको छ ।