नेकपा माओवादी केन्द्र खारेजीका लागि दिइएको निवेदन नै खारेजी भएको छ । निर्वाचन आयोगमा पूर्वमाओवादी केन्द्रका नेताहरुले पार्टी खारेजीको माग गर्दै निवेदन दिएका थिए ।
स्रोतका अनुसार आयोग बैठकले अहिले माओवादी केन्द्र खारेजीको माग औचित्यपूर्ण नरहेको निष्कर्ष निकाल्दै खारेज गर्नुपर्ने अवस्था नरहेको निर्णय गरेको हाे ।