गैरआवासिय नेपाली संघ केन्द्रले एनआरएन अस्ट्रेलियाको आसन्न निर्वाचनको संघारमा राजनीतिक दलका प्रतिनिधिसमेत रहेर उमेदवारी घोषणा गरिएको विषयमा सत्यतथ्य बुझी सात दिन भित्र लिखित प्रतिबेदन बुझाउन निर्देशन जारी गरेको छ ।
‘संघको विधानमा उल्लेख भए बमोजिम गैर राजनीतिक संस्थाको रूपमा दर्ता भएको परिप्रेक्षमा बकाइदा राजनीतिक दलका नेतासमेतको समर्थनमा घोषणा गराइ सञ्चारमाध्यममा समाचार प्रकाशित गरिएको पाइएकोमा सोको छानबिन गरी जानकारी गराउन निर्देशन गर्दछौ’, गैर आवासिय नेपाली संघका केन्द्रिय अध्यक्ष कुमार पन्तद्धारा हस्ताक्षरीत प्रेश विज्ञप्तिमा भनिएको छ।
यसैबीच यही जुलाई ३१ मा तय गरिएको एनआरएन अस्ट्रेलियाको निर्वाचन प्रकृयामा केहि हेरफेर भएको छ । १३ तारिखदेखि उमेद्वारी दर्ता प्रकृया अगाडि बढाउने पूर्व निर्धारित कार्यक्रम भएता पनि एनआरएन अस्ट्रेलियाको नेतृत्वले निर्धाीरत समयमा निर्वाचन समितीलाई सदस्यताको फाइनल सूचि बुझाउन नसकेका कारण निर्धारित कार्यक्रम एक दिन पछि सारिएकाे हाे । नयाँ निर्वाचन तालिका अनुसार जुलाई १४ र १५ तारिखका दिन उमेदवारी दर्ता, जुलाइ १६ मा उमेदवारी नामावली प्रकाशन, १७ मा दाबी विरोधका लागि समय छुट्याइएकाे बताइएको छ । निर्वाचन भने जुलाई ३१ मा बिहान सात बजेदेखि साँझ ७ बजेसम्म भोटरका खुला रहने स्रोतले जनाएको हो ।
यसपटक एनआरएन अस्ट्रेलियाको सदस्यता ह्वात्तै बढेर १६ हजार नाघेको छ । प्रारम्भमा सदस्य संख्या न्यून बनेपछि तीन साताको समय थप गरेपछि सदस्यता पनि चुनावी सरगर्मीसँंगै बढेको थियो । यसपटक निर्वाचनमा पेपालवाट पनि करिब तीन हजार सदस्य बनेका कारण यसमा गीफ्ट कार्ड जोडिएर आएको विषयमा ब्यापक विरोध समेत भएको थियो ।
यसै सन्दर्भमा यस्ता सदस्यता छानबिन गर्नुपर्ने माग उठिरहँंदा निर्वाचन आयोगले भने एउटा आइपीबाट एक पटकमा चार भोट मात्र हाल्न पाइने नीति अघि सारेको छ। जुन स्वागतयोग्य कदमका रुपमा लिइएको छ । ‘सोही आइपी एड्रेसबाट चार जनाले मात्र सहज रूपमा भोट दिन पाउने छन् ,यदि थप ब्यक्तिले प्राविधिक कारण सोही आइपी एड्रेसबाट मत दिनु परेको खण्डमा एक घन्टा कुर्नुपर्ने छ’, न्यु साउथवेल्सका निर्वाचन आयुक्त डिल्ली ढकालले बताए ।