अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ। मेलबर्नसहित सहरमा भवनहरु भत्किएका छन् । स्थानीय समयअनुसार बुधबार बिहान सवा ९ बजे मन्स्फिल्ड केन्द्र बनाइ भूकम्प गएको हो ।
प्रधानमन्त्री स्कट मोरिसनले भूकम्पका कारण कोही पनि गम्भीर घाइते भएको जानकारी नआएको उल्लेख गरेका छन् । भूकम्पको धक्का न्यू साउथ वेल्ससहितका क्षेत्रमा पनि महसुस भएको बिबिसीले जनाएको छ। पहिलो भूकम्पपछि ४ र ३.१ म्याग्निच्युडका दुई परकम्प पनि गएका छन् ।