गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका ३ कि सम्झना बोहोरा हत्या काण्डमा मुछिएका ४७ बर्सिय लाल बहादुर खत्रीलाई जिल्ला अदालतले जन्म कैदीको फैसला सुनाएको छ ।
गुल्मी जिल्ला अदालतका राधाकृष्ण उप्रेतीले जिल्ला सरकारी कार्यलय गुल्मीको अभियोग दावी अनुसार तह सिल्दार रामबहादुर कुवँरले जानकारी दिनुभयो । फैसलाको पुर्ण पाठ अझै नबनेकोले क्षतिपूर्ति तोकिएको छैन । बोहोराको हत्या आरोपमा २९ माघ २०७७ मा गिरफ्तार गरि खत्रीलाई अदालतमा पेस गरिएको थियोे । सम्झना २०७७ माघ २९ देखि बेपत्ता थिईन्। अभियुक्त लालबहादुर सम्झना बेपत्ता भएदेखिनै अदालतमा उजुरी दिने परिवारमा जानकारी गराउने र अनुसन्धानमा आरोपिको रोहबरमा बस्ने लगाएतका कार्यमा सक्रिय समेत थिए ।
त्यस्तै उनले २ फागुनमा सम्झनाकी सासु ५२ बर्सिय टोमकला खत्री घर नजिक झुन्डिएको अवस्थामा फेला परेपछि उनले घरघरमा पुगेर आन्दोलन गर्न गाउँलेलाई उचालेका थिए । पटकपटक गाउँले र प्रहरी र प्रशासन कार्यलयमा दबाब र घेराउसमेत गरे । त्यतिबेला आन्दोलनको अग्र पङ्तिमा हत्यामा संलग्न खत्री नै थिए ।
साेही घटनाका तत्कालीन जिल्ला प्रहरी प्रमुख प्रविन लाल श्रेष्ठको सरुबा समेत भएको थियो । सम्झनाको शव १९ दिनपछि १५० मिटर तल बोरामा पोको पारेर फालिएको अवस्थामा फेला परेको थियोे । उनैले १७ फागुन २०७७ मा सब गनायो भनेर प्रहरीलाई खबर गरे । उनका सङ्कास्पद थुप्रै गतिविधि, गाउँमा गरेको पुराना हर्कत, कल डिटेल प्रहरीले निगरानीमा राखेको थियो । पहिलैबाट निगरानीमा रहेका खत्रीलाई शव भेटिने बित्तिकै पक्राउ गरी सार्वजनिक समेत गरिएको थियोे । मृतक बोहराका ससुरा ५९ बर्षिय गणेश खत्रीले आरोपित बिरुद्ध फागुन १८ मा जिल्ला प्रहरी कार्यालय गुल्मीमा जाहेरी दिएका थिए ।
